सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण
पाेखरा | जेठ १२, २०८०
पोखरा: सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ ।
तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो ।
तनहुँको ऋषिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र घिरिङ गाउँपालिकास्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताईन् ।

छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले आर्थिक अवस्थाका कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने लक्ष्य लिएको बताईन् ।
‘नेपाल सरकारले मावि तहसम्म निशुल्क शिक्षा घोषणा गरेतापनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुमाँझ निशुल्क शिक्षा पुग्न सकेको छैन्, अध्यक्ष गुरुङले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका दिदी बहिनीका छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन विभिन्न जिल्लाका विद्यालयहरुमा सहयोग गदै आएका छौ ।’
उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामग्री, पोशाक किन्न नसकेका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका बताईन् । ‘संस्थाले आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक किन्न सहयोग पु¥याउने उद्धेश्यले विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं ।’ उनले भनिन् ।
संस्थाका अध्यक्ष गुरुङका अनुसार २०७६ सालमा १३ जना दिदीबहिनीको सक्रियतामा कुनै पनि छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्य लिएर संस्था सञ्चालनमा ल्याएको बताईन् ।
संस्थाले शुक्रबार तनहुँको दुई विद्यालयका १० जना विद्यार्थीहरुलाई जनही रु १० हजार छात्रवृत्तिसँगै शैक्षिक सामग्री र पोशाक वितरण गरेको हो । तनहुँसँगै संस्थाले पर्वतमा ७ जना, मुगुमा ८ जना, पोखरामा १ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री पोशाक वितरण गर्ने सस्थाका कोषाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै महेन्द्रोय माविका प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले विभिन्न संघसंस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्दा बिचैमा अध्ययन छोड्न बाध्य भएको बताए ।
‘विद्यार्थीहरुको परिवारको आर्थिक अवस्था कमजोर हुँदा विचैमा अध्ययन छोड्ने गरेका छन्, तर विभिन्न संघसंस्थाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दा विद्यार्थीहरुलाई अध्ययनगर्ने अवसरमा सहयोग पुगेको छ ।’
१३ जना दिदीबहिनीको सक्रियतामा सञ्चालन भएको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको कार्ययोजनामा विभिन्न व्यक्तित्वहरुले सहयोग गरेका छन् । संस्थामा ३३ जना दिदीबहिनी आजिवन सदस्य रहेका छन् भने, ३० जनाले जनही एक लाखको अक्षयकोष निर्माण गरेका छन् ।
अक्षयकोषको व्याजबाट वार्षिक रुपमा ३० जना आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण तथा पोशाक वितरण गर्दै आएको छ ।
कार्यक्रममा सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालका सहकोषाध्यक्ष दिलमाया प्रजापति, विभागिय संयोजकद्धय नानीकमला गुरुङ र बिन्दुमाया गुरुङको सहभागिता रहेको थियो ।
तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोय माविमा भएको छात्रवृत्ति वितरण कार्यक्रम सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मीदेवि गुरुङको स्वागत र सदस्य गीमाया गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेक...
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...

